लक्ष्मी बैंकको ४ लाख कित्ता सेयर लिलामी असार १६ बाट



काठमाडौं । लक्ष्मी बैंकको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सर्बसाधारण समुहको सेयर लिलामी असार १६ गतेबाट हुने भएको छ ।

बैंकले हकप्रद बिक्री गर्दा आवेदन नपरेका सर्बसाधारण समुहको सेयर लिलाम बिक्री गर्न लागेको हो ।

बैंकले गत बैशाख ३ गते देखी जेठ ७ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो ।

सेयर खरिद गर्न चाहनेले लक्ष्मी क्यापिटलबाट १०० रुपैयाँ तिरी फारम खरिद गर्नु पर्ने छ । साथै आफुले कबुलगर्न चाहेको संख्या र मुल्य तोकि गोप्य सिलबन्दीगरी आबेदन पेश गर्नु पर्ने छ ।


क्लिकमान्डु