निर्वाचनको मुखैमा सचिवहरुको सरुवा, राजस्वमा ढुंगाना



काठमाडौं । चुनावको मुखमै सरकारले सचिवहरुको सरुवा गरेको छ । सरकारले विहिबार अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा गरेको छ ।

त्यसैगरी, राजस्वमा सुदूरश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक शिशिर ढुंगनालाई सरुवा गरेर ल्याएको छ । खनाललाई तत्कालिन अर्थमन्त्री सुरेन्द्र पान्डेले उर्जा मन्त्रालयबाट राजस्वमा लगेका थिए ।

त्यस्तैगरी सरकारले बिहिबारनै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादव र आयुक्तहरुको डेलिकेसन पछि सरकारले बिहिबार मैनालीको सरुवा गरेको हो ।

मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा सरुवा गरिएको हो । मैनालीले आयोगमा सार्वजनिक खरिद ऐन विपरित विलासी गाडी खरिद गर्न नहुने गाडी खरिदमा रोक लगाएका थिए ।

आयुक्तहरुले भने निर्वाचन सामग्री जस्तै गाडी पनि अत्यावस्यक भएकोले खरिद गर्नुपर्ने तर्क गरेपछि पछिल्लो समय विवाद भएको थियो । सरकारले स्थानिय निकाय अन्र्तगत दोस्रो चरणको चुनाव असार १४ गते ३ वटा प्रदेशमा गर्दै छ ।

निर्वाचनको मुखमा सचिवहरुको सुरुवा गरेको भन्दै प्रमुख प्रतिपक्षदल नेकपा एमालेले विरोध गरेको छ ।


पुष्प दुलाल