यस्तो बन्दैछ, पोखरा विमानस्थल (डिजाइनसहित)




काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम आगामी असोजदेखि सुरु हुने भएको छ । शिलन्यास भएको एक वर्षपछि भएको ऋण सम्झौता कार्यन्वयनमा आएसँगै विमानस्थल निर्माण कार्यसुरु हुन लागेको हो ।

विमानस्थल आयोजना निर्देशनालयले पोखरा एयरपोर्टको डिजाइनको अन्तिमरुप तयार पारेको छ । डिजाइनको अन्तिम रुप आयोजनाले विमानस्थल निर्माणको ठेक्का पाएको चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी (सिएएमसी) लाई पठाइसकेको छ ।

चार दशक अघिदेखि चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कास्कीको छिन्नेडाँडामा निर्माण हुदैँछ । चिनियाँ एक्जिम बैंकसँगको सहुलियत दरको ऋण लिएर नेपाल सरकारले विमानस्थल निर्माण गर्न लागेको हो ।

सरकारले एक्जिमबैंकसंग विमानस्थल निर्माणको कुल लागत २१ करोड ७० लाख डलर अर्थात २१ अर्ब ४७ करोड रुपैयाँ मध्ये एक तिहाई रकममा विनाव्याज र बाँकी रकम २ प्रतिशत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता गरेको थियो ।


पुष्प दुलाल