घुस लिँदालिँदै राजस्वका २ अधिकृतलाई अख्तियारले समात्यो



काडमाडौं । अख्तियार दुरुपयोग आयोगले घुस लिँदालिँदै राजस्व अनुन्धान विभागका २ जना अधिकृतलाई पक्राउ गरेको छ ।

राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई सेवाग्राहीबाट घुस लिँदै गरेको बेला पक्राउ गरेको हो ।

कर मिलाईदिने भन्दै राजश्वका अधिकारीहरुले घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले नगद ५ लाख ७० हजार रुपैयाँ घुस लिइरहेको बेला रंगेहात फेलदा पारेको अख्तियारले जनाएको छ ।

पक्राउ परेका अधिकृतमाथि अख्तियारले थप छानविन गरिरहेको जारी विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल