एनसेलको डेटा बण्डलिङ्ग सहित हुवावे पि टेन प्लस बजारमा, मोबाइल डिस्प्ले स्क्रिन बीमाको सुविधा



काठमाडौं । ह्वावे टेक्नोलोजिजले एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ।

चर्चित क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा तयार गरिएको पि टेन प्लस एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो जसले व्यावसायिक स्टुडियोको जस्तो क्यामरा इफेक्टस् दिंदै फोटोलाई अझै राम्रो बनाउँछ ।

‘अबको ६ महिनामा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी सेवा उपलब्ध हुने गरी फोरजी नेटवर्कको विस्तार गर्दैछौ र थ्रिजी सेवाको पहुँच पनि एक वर्षमा दोब्बर बनाउदै कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउँदै छौं,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले ह्वावेसँगको सहकार्यको बारेमा जानकारी दिँदै भने ।

एनसेल र ह्वावेबीचको डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी अन्तर्गत पि टेन प्लस स्मार्टफोन खरिद गर्ने ग्राहकहरुले हरेक महिना एनसेलको १ जिबि डेटा १० महिनासम्म निःशुल्क प्राप्त गर्नेछन् ।

हुवावेले पि टेन प्लसका ग्राहकका लागि ३ महिना अवधि रहेको मोबाइल डिस्प्ले स्क्रिन बीमा, काठमाडौं उपत्यका भित्र डोर टु डोर सर्भिस र २ घण्टाभित्र स्मार्टफोन बनाईदिने भिआइपी डाईमण्ड टु आवर आफ्टर सेल्स सर्भिस लगायतका विषेश सुविधाहरु प्रदान गरेको छ ।

ह्वावेको पि टेन प्लस स्मार्टफोनमा ५.५ इन्चको क्यूएचडी २.५डी ग्लासभएको डिस्प्ले रहेको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित बनाईएको छ ।

ह्वावेको किरिन ९६० अक्टा कोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा ४ जिबीको र्याम तथा ६४ जिबीको आन्तरिक स्टोरेज रहेको छ । यी आकर्षक सुनौलो, कालो र चाँदीको रङ्गमा उपलब्ध हुनेछन् ।

फोटोका लागि स्मार्टफोनमा लाईकाको ड्यूल रियर क्यामरा सेटअप रहेकोछ, जसमा २० मेगापिक्सेल तथा १२ मेगापिक्सेलको रियर क्यामरा छ भने ८ मेगापिक्सेलको फ्रन्ट सेल्फी क्यामरा राखिएको छ ।

पि टेन प्लस स्मार्टफोनमा स्टुडियोको जस्तो रि-लाइटिङ्, राम्रा फोटो निकाल्नका निमित्त थ्रिडी फेसियल डिटेक्सन प्रविधि, स-साना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम, द्रूतगतिमा पावर चार्ज लगायतका विशेषताहरु रहेका छन् ।

हुवावेले पि टेन प्लसका साथ साथै नेपाली बजारलाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ । हुवावेले आफ्नो वाई सिरिज अन्र्तगत नवआगन्तुक स्मार्टफोन ग्राहकदेखि युवाको चाहनालाई ध्यानमा राख्दै नयाँ स्मार्टफोनहरु भित्राएको छ ।

हुवावेले २०१७ सिरिजको नयाँ स्मार्टफोनहरु अन्तर्गत वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट ल्याएको छ । साथै युवा वर्गलाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन् स्मार्टफोन २०१६ मा ल्याइएको र रुचाइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो ।


क्लिकमान्डु