किन त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा आगोको मुस्लो देखियो ?



काठमाडौं । एकाएक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगोको मुस्लो देखियो ।

साढे ४ देखि ५ बजेसम्म त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगोको मुस्लो सहित धुवा उडिरहेको थियो ।

कतिपय सर्वसाधारणलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगलागी भयो कि भन्नेपनि लागेको थियो ।

आज विमानस्थलमा देखिएको आगोको मुस्लो भने विमानस्थल ३० मिनेटका लागि बन्द गरेर लगाइएको थियो ।

अन्तराष्ट्रिय नागरिक उड्ययन संस्था(आइकाओ)को नियम अनुसार प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय विमानस्थलले ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्छ ।

३० मिनेटसम्म चलेको एक्ससाइज संचालन गर्न विमानस्थल पूर्ण रुपमा बन्द गरिएको थियो । विमानस्थलमा ठूलो जहाज दुर्घटना भए कसरी उद्दार गर्ने भन्ने प्राटिक्स गर्नको लागि यो जाँच गरिएको हो ।

आजको एक्सरसाइजको लागि विमानस्थलमा अवतरण गर्नको लागेको एयरबस ए ३३० लाई छनोट गरिएको छ । जहाज पेस्सीकोलामा दुर्घटना हुन्छ यसमा लागेको आगो निभाउने काम गरिन्छ । घाइते भएका यात्रुलाई अस्पताल पुर्याइन्छ ।

यसले विमास्थलमा ठूलो दुर्घटना हुँदा कसरी रेक्स्यु गर्ने त्यो काम गरिएको थियो ।

 


क्लिकमान्डु