सडकमा यसरी गरिन्छ पार्किङ, अनि कसरी गाडी चलाउने !




काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त व्यस्थ रहेको भएको निकै लामो समय भइसकेको छ । अहिले नयाँ सरकार निर्माण भएसँगै आएका गृहमन्त्री जर्नादन शर्माले ट्राफिक प्रहरी प्रमुखलाई बोलाएर ३ दिन भित्र उपत्यकाको सडक जाम कसरी हटाउँन सकिन्छ, त्यसको प्रस्ट खाका सहित आउन निर्देशन दिएका थिए ।

यसले उपत्यकको बढ्दो सवारी जामलाई प्रतिबिम्बित गर्छ । उपत्यकाको सबैभन्दा धेरै जामहुने न्युरोड, बागबजार, दरवारमार्ग लगायतका स्थानको अस्तव्यस्तताले समग्र उपत्यकाको आवागमनमा निकै समस्या उत्पन्न गराएको छ ।

बागबजार एरियामा सडक ४ लेनको बनाइएपनि पार्किङको कारण त्यहाँको बाटो सधै जाम नै रहन्छ । न्युरोड एरियामा ठुला ठुला सडक भएर पनि तिन भाग सडक पार्किङमा प्रयोग हुने गरेको छ ।

देशकै भिआईपी रोड भनेर चिनिने दरवारमार्गको अबस्था झनै भयाबह रहेको छ । त्यस क्षेत्रको सडकमा कार देखि साइकलसम्म पार्किङ गरेर राखिने गरिएको छ ।


क्लिकमान्डु