निगमले वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरिया गर्ने



काठमाडौं ।   नेपाल वायुसेवा निगमलाई दक्षिण कोरियाले उडान अनुमति दिएको छ ।

निगमले खरिद गर्न लागेको दुईठुला वाईडबडी जहाज एयरबस ३३०-२०० सिरिजक दुईथान जहाज खरिद प्रक्रियाले अन्तिम चरण पारगरेसंगै दक्षिण कोरियाले अनुमति दिएको हो ।निगमले एकवर्षभित्र जहाज खरिद गर्दै वाइबडी जहाज मार्फत पहिलो उडान दक्षिण कोरिया गर्ने लक्ष्य राखेको हो ।

कोरियामा हाल वर्षेनि हजारौको संख्यामा नेपाली कामदारहरु जाने गरेका छन । भने कोरियन पर्यटकहरु पनि नेपालमा बढ्दो क्रममा रहेको छ । चीन सरकार छिमेकीप्रति अनुदार बन्दा नेपाल वायुसेवा निगमले प्रक्रिया थालेको दुईवर्षसम्म पनि ग्वान्झाओ उडानको अनुमति पाउन सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई एयरलाइन्स अपरेटिङ सर्टिफिकेट (एओसी) एकवर्ष अगाडीनै जारी गरिसकेको छ । चीनको झन्झटिलो प्रक्रिया साथै ग्वान्झाओको व्यस्त विमानस्थलका कारण निगमलाई अनुमति लिन हम्मे परेको हो । निगमले दुबई र ग्वान्झाओ उडान एकैचोटी सुरु गर्ने गरी प्रक्रिया अगाडी बढाएको थियो ।

तर दुवईमा उडान सुरुगरेको झन्डै १० महिना बितिसक्दा पनि  ग्वान्झाओको भने उडान भर्ने अनुमति समेत आउन नसक्दा निगमको टाउको दुखाई भएको छ  । निगमको योजना अनुसार गत वर्षको जेठबाटै ग्वान्झाओ उडान गर्ने लक्ष्य रहेको थियो ।    चीनको हवाई उड्डयनका आफ्नै प्रक्रिया रहेकोले पनि ग्वान्झाओ अनुमतिको लागि निगमलाई समस्या भएको छ ।

चीनले आफ्नो देशमा उडान गर्न चाहने एयरलाइन्सहरुको लागि फरम्याट २८७ नियम र फरम्याट १२९ नियम पुरा गराउँदै आएको छ । निगमले दुई  वर्ष देखि थालेको प्रक्रियामा फरम्याट २८७ हुदैं फरम्याट १२९ मा गतवर्षनै पुगेको निगमले बताउँदै आएको थियो ।

‘चीनको झन्झटिलो प्रक्रियाका कारणले निगमले अनुमति पाउन सकेको छैन,’ नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

निगमले अनुमति पाएमा ग्वान्झाओमा दैनिक एउटा उडान गर्ने लक्ष्य राखेर जिएसए समेत नियुक्त गरिसकेको छ । चिनियाँ पक्षले मागेका सवै कागजपत्र निगमले पठाएको तर अनुमति पाउन नसकेको कंसाकारले बताए ।

‘ग्वान्झाओ विमानस्थल एकदमै व्यस्त भएकोले अनुमति दिन ढिला भएको चिनियाँ पक्षले बताउँने गरेका छन, सायद अव छिट्टै अनुमति पाउने आशा छ,’ कंसाकारले भने ।

निगमलाई दक्षिण कोरियाले उडान अनुमति दिइसकेको छ । जापानसंग पनि प्र्रक्रिया अगाडी बढाईएको कंसाकारले जानकारी दिए ।

अन्य मुलुकसंग जस्तो सजिलो चीनसंग नहुने कंसाकारको बुझाई छ । निगमले नयाँ एयरबस ३२०-२०० जहाज खरिद गरेर उडान सुरुगरेसँगै ग्वान्झाओ उडान अनुमति लिने प्रक्रिया अगाडी बढाएको थियो । हाल निगमले दुई ठुला वाईडबडी जहाज खरिद प्रक्रिया अन्तिमचरणमा पुर्याइसकेको  छ ।

अवको एकवर्ष भित्र निगमसंग एयरबस ३३०-२०० सिरिजका दुई थान जहाज हुनेछन ।  निगमले ४ जहाज मार्फत दिल्ली, बैंग्लोर, मुम्बई, दोहा, दुवही, मलेसिया, बैंकक र हंङकंङ उडान गरिरहेको छ । निगमसंग हाल अन्तर्राष्ट्रिय उडानको लागि बोईङ ७५७ एक थान र एयरबस ३२०–२०० दुई थान गरी ३ थान जहाज रहेका छन । भने भुटान एयरलाइन्सको एकथान जहाज भाडामा ल्याउने प्रक्रिया समेत अन्तिम चरणमा पु¥याएको छ ।


क्लिकमान्डु