कामना विकास बैंकको २४ लाख हकप्रद खुल्यो




काठमाडौं । कामना विकास बैंकले आजदेखि १०ः३ अनुपातको हकप्रद सेयर बिक्री खुल्ला गरेको छ । बैंकले एक सय रुपैयाँ मुल्य अंकित २४ लाख १३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बैंकले साउन १५ गतेसम्म हकप्रद सेयर खुल्ला गर्न लागिको जनाएको छ । हकप्रद सेयरका लागि २०७३ मंसिर १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने एनआईबिएल क्यापिटल मार्केटले जानकारी दिएको छ ।

हकप्रद भर्ने स्थान
एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट, काठमाडौं ।
कामना विकास बैंक रजिष्टर्ड (केन्द्रीय) कार्यालय सृजनाचोक, पोखरा–८, कास्की तथा सम्पूर्ण शाखा कार्यालयहरु ।
नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढी ।


पुष्प दुलाल