रोल्स रोयसले सार्वजनिक गर्यो १ अर्ब ३५ करोड रुपैयाँ पर्ने विश्वकै महंगो गाडी



काठमाडौं । रोल्स रोयसले विश्वकै महंगो गाडी सार्वजनिक गरेको छ । गाडी पारखीहरुका लागि रोल्स रोयसले एक निजी बिमानमा हुने विशिष्ट सुविधा जत्तिकै सुविधा यो गाडीमा समावेश गरेको छ । यसलाई कम्पनीले हालै इटालीमा आयोजित अटो शोमा प्रर्दशनीमा सार्वजनिक गरिएको हो ।

रोल्स रोयस स्वेप्टेल नाम दिईएको यो रोल्स रोयसमा अत्याधुनिक सुविधा रहेको छ । हेर्दा उत्कृष्ट र सानदार देखिने गाडीको निर्माण कार्य कम्पनीले सन् २०१३ देखि सुरु गरेको थियो ।

रोल्स रोयस स्वेप्टेलको औपचारिक उद्घाटनमा उपस्थित गाडीका पारखीहरुले यस कारलाई सुपर यन्त्र र निजी बिमानसहित विशिष्ट सुविधा रहेको बताएका छन् ।

सन् १९२० देखि १९३० को दशकमा बजारमा ल्याइएको रोल्स रोयसबाट प्रभावित भई यस गाडीको निर्माण गरिएको कम्पनीले जनाएको छ ।

रोल्स रोयस स्वेप्टेलको मूल्य अहिलेसम्मकै सर्वाधिक महंगो भएको टेलिग्राफ समाचारले जनाएको छ । यसअघि सर्वाधिक महंगो बुगाटी चिरन स्लट्सलाई मानिएको थियो ।

यसको अन्तर्राष्ट्रिय बजार मुल्य ४० लाख अमेरिकी डलर रहेको थियो । रोल्स रोयसले निकाल्ने यो गाडीको मूल्य औपचारिक रुपमा सार्वजनिक नगरेपनि अन्तर्राष्ट्रिय संचार माध्यमले १ करोड ३० लाख अमेरिकी डलर अर्थात् नेपाली १ अर्ब ३५ करोड जति पर्ने जनाएका छन ।


पुष्प दुलाल