धुन्चेमा प्रवेशद्वार निर्माण



रसुवा । आन्तरिक एवम् बाह्य पर्यटकलाई थप रौनकता दिन धुन्चेमा नयाँ प्रवेशद्वार निर्माण गरिएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार नवनिर्मित प्रवेशद्वारमा  रातो पान्डा, हिमचितुवा, कस्तुरी, मृगलगायत समग्र जैविक विविधता झल्काउने चित्रहरु राखिनेछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज र संरक्षणमा सहयोगी संस्था मध्यवर्ती क्षेत्र सहयोग आयोजना डब्ल्युडब्ल्युएफको सहकार्यबाट आठ लाख रुपैयाँको लागतमा भूकम्प प्रतिरोधी प्रवेशद्वार निर्माण गरिएको हो ।


क्लिकमान्डु