काठमाडौं महानगरका वडाध्यक्षले ३ हप्तामै २२ लाख खर्च गर्न पाउने



काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाध्यक्षले ३ हप्तामै २२ लाख २५ हजार रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

नगर कार्यपालिकाले असार ६ गते यो असार महिनाभित्रै वडाध्यक्षलाई उक्त रकम बराबरको खर्च गर्न पाउने अख्तियारी दिएको हो ।

महानगरका प्रमुख कार्यकारी अधिकृत इश्वराज पौडेलले असार ९ गते अधिकार प्रत्यायोजन गर्दै महानगरका वडाध्यक्षले विकास निर्माण तथा मर्मतका लागि ५ लाख रुपैयाँसम्म सीधै खर्च गर्न पाउने व्यवस्था गरेको निर्देशक नवराज ढकालले जानकारी दिए ।

‘यसअघि वडाअध्यक्षले १ लाख ५० हजार रुपैयाँसम्म सीँधै खर्च गर्नसक्ने व्यवस्था थियो, अहिलेको नयाँ व्यवस्थाअनुसार वडाध्यक्षले ५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने छन्,’ महानगरका निर्देशक ढकालले क्लिकमाण्डूसँग भने ।

सरकारी नियमअनुसार ५ लाख रुपैयाँभन्दा बढीको काम गर्नका लागि टेण्डर आवश्यक पर्ने भएकाले महानगरले बिनाटेण्डर काम गर्न सहज होस् भनेर ५ लाख रुपैयाँसम्मको सिलिङ तोकिएको उनको भनाई छ ।


पुष्प दुलाल