मानसरोबर घुम्न आएका भारतीय पर्यटक सिमिकोट विमानस्थलमा अलपत्र



काठमाडौं । मौसम परिवर्तन भएपछि मानसरोवरको दर्शन गर्न आउने भारतीय तिर्थालुहरु अलपत्र परेका छन । मनसुन सुरु भएपछि कैलाश दर्शनमा आएका सयौँ भारतीय तिर्थालुहरु सिमिकोटमा अलपत्र परेका हुन् ।

नेपालगन्ज र सुर्खेतदेखि हरेक दिन ३५ भन्दा बढी उडान हुने निजी क्षेत्रका जहाजहरूले हाल ४ देखि ५ उडानमात्रै गर्न थालेपछि भारतीय तिर्थालुहरुले जहाजको टिकट पाउन छाडेका हुन् ।

कैलाश मानसरोबर दर्शन गरेर फर्केका यात्रुहरु हुम्लाबाट सुर्खेत र नेपालगन्ज झर्न नपाएपछि सिमकोट विमानस्थलमा अलपत्र परेका छन् ।

४ दिनदेखि जहाजको टिकट नपाएपछि वृद्ध तिर्थालुहरूलाई खाने औषधिको समेत समस्या भएको छ । हरेक दिन थोरै मात्र उडान भएपछि सिमिकोट विमानस्थलको यात्रु प्रतीक्षालयदेखि होटेलसम्म जताततै भारतीय तिर्थालुको भीड देखिन थालेको सिमिकोट विमानस्थलका प्रमुख भीमदत्त पन्थले जानकारी दिए ।

गएको पाँच दिनदेखि राम्रो उडान नभएपछि रिचा ट्राभल्सअन्तर्गतका ९३ जना, द ट्रेकर सोसाइटीका ४३ जना, सोनी ट्राभल्सका ६५ जना र रुद्र ट्राभल्सका ३७ जना सिमकोटमा रोकिएको पन्थले जानकारी दिए ।


पुष्प दुलाल