सवारी चलाउन सिकाउने मोबाइल एप सार्वजनिक



काठमाडौं । एनसी सफ्ट प्रालिले ड्राईभिङ्ग सिक्न चाहनेहरुकों लागि  ड्राईभिङ्ग लाइसेन्स नेपाल नामक मोबाइल एप्लिकेशन तयार पारेको छ ।

नेपालको सन्दर्भमा तयार गरिएको सो मोबाइल एप्लिकेशनमा सवारीको विभिन्न विधाहरु ट्राफिक संकेत, एन नियम, जरिवाना, सवारी संचालन, प्राविधिक  जानकारी, दुर्घटना र प्रदुषण सम्बन्धि जानकारीहरु अभ्यास गर्न सकिने कम्पनीको भनार्ई छ।

साथै ड्राईभिङ्ग लिखित परिक्षाको अभ्यासको गर्नको लागि मोटर साइकल र गाडीको लागि दुई छुट्टा छुट्टै बिकल्प सहित परिक्षामा सोध्न सकिने सम्भावित बिषयगत र बस्तुगत प्रश्नहरु राखिएको छ |

यस एप्लिकेशनको महत्वपुर्ण पक्ष यसमा राखिएको एनिमेटेड भिडियो हो। जसमा परिक्षार्थिले अंग्रेजीको आठ 8 आकारको ट्रायलमा कसरि सवारी चलाउनु पर्छ, के के कुरामा ध्यान दिनु पर्छ भन्ने विषयलार्ई देखाइएको छ ।

ड्राईभिङ्ग साथै यस एप्लिकेशनमा अन्य महत्वपुर्ण जानकारीहरु लाइसेन्स लिने तरिका, लाइसेन्स लिने कार्यालयहरु, लाइसेन्स लिने योग्यताको बारेमा लेखिएको छ। कसैलाई लाइसेन्स र सवारी संचालन सम्बन्धी केही जानकारी चाहिएमा एप मार्फत सोध्न सकिने व्यवस्था रहेको छ।

एपले ड्राईभिंग सिक्न चाहने आम सर्वसाधारणलाई स्मार्ट तरिकाबाट ड्राईभिङ्ग सिक्न मद्दत गर्ने र लिखित ड्राईभिङ्ग परिक्षाको अभ्यासको तयारी गर्न मद्दत गर्ने कम्पनीका प्रबन्धक धर्म पौडेलको भनार्ई छ।


क्लिकमान्डु