निगमका पाइलटको तलव ३ सय प्रतिशतसम्म बृद्धि



काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलट तलव ३ सय प्रतिशतसम्म बृद्धि हुने भएको छ । अब बरिष्ट पाइलटको तलव भत्तागरेर ६ लाख रुपैयाँसम्म पाउने भएका छन । निजी क्षेत्रका एरलाइन्सहरुले आर्कषक तलबभत्ता दिन थालेपछि निगमबाट पाइलट बाहिरिनेक्रम पछिल्लो समय बढेको थियो । निगमले लामो समयदेखि पाइलटको तलव बढाउने प्रक्रिया अगाडि बढाएको भएपनि अर्थमन्त्रालयले सहमति गरेको थिएन ।

स्वीकृत भएको प्रस्ताव अनुसार बरिष्ट पाइलटको ६ लाख ८ हजार रुपैयाँ रहेको छ । भने, जुनियर पाइलटको करसहित ४ देखि ५ लाख रुपैयाँसम्म हुनेछ । यसैगरी क्याविन क्रुहरुको पनि केही भत्ताबृद्धि हुने भएको छ ।

निगमका पाइलटहरुले भत्ता तथा तलब गरी करिव १ लाखदेखि २ लाख ५० हजार रुपैयाँ सम्म मासिक बुझ्दै आएका थिए । तर, निजी क्षेत्रका एयरलाइन्स कम्पनीहरुले ५ लाख सम्म दिने गरेका छन । यता निगमले विदेशी पाइलटको लागि भने मासिक ११ हजार डलर तिर्दै आएको छ ।

३ महिना अगाडी काठमाडौं ल्याईएका २ थान चिनियाँ जहाज उडान गर्न निगमसंग ३ जना मात्र पाइलट रहेका छन । यता अन्तर्राष्ट्रिय उडान भरिरहेका ३ थान जहाजमा पनि पाइलट समस्या छ ।

निगम २ थान वाईडबडी जहाज खरिदका लागि अन्तिम चरणमा प्रवेश गरेको छ । अहिले निगमसंग ७४ जना पाइलटहरु रहेका छन । वाईडबडी आएपश्चात निगमलाई १ सय ४ जना पाइलट आवस्यकता पर्ने देखिन्छ ।


पुष्प दुलाल