अब २ भन्दा बढी डिम्याट खाता खोल्न नपाइने




काठमाडौं । सेयर लगानीकर्ताले अब २ भन्दा बढी डिम्याट खाता खोल्न नपाउने भएका छन् । यसअघि २ भन्दा बढी खाता खोलिएको भए २ भन्दा बढी खाता आगामी भदौ मसान्तभित्रमा बन्द गरिसक्नु पर्ने भएको छ ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको छ । एउटै ब्यक्तिले २ भन्दा बढी खाता खोल्दा लगानीकर्ताको संख्या यकिन गर्न नसकिएको भन्दै बोर्डले यस्तो ब्यवस्था गरेको हो ।

यसअघि २ भन्दा बढी खाता खोलेको र त्यस्तो खाताहरुमा सेयर मौज्दात रहेको भए आफूले चाहेको डिम्याट खातामा सेयर सार्ने ब्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ । यसरी सेयर सार्दा कुनै शुल्क तथा दस्तुर नलाग्ने ब्यवस्था मिलाउन पनि लगानी ब्यवस्थापकलाई निर्देशन दिइएको छ ।


क्लिकमान्डु