‘प्याराग्लाइडिङ’ गर्नेहरु ह्वात्तै बढे



काठमाडौं । पछिल्लो सयम प्याराग्लाइडिङ गर्ने आन्तरिक र बाह्य पर्यटक संख्यामा उल्लेख्य बृद्धि भएको छ ।

सन् २०१६ मा १४ हजार ६ सय ६६ विदेशीले प्याराग्लाइडिङ गरेकोमा १९ हजार ३ सय ४१ स्वदेशीले प्याराग्लाइडिङ गरेका छन ।

त्यस्तैगरी सन् २०१५ मा ५ हजार ६ सय ९९ विदेशीले प्याराग्लाइडिङ गरेमा ८ हजार ९ सय ९९ स्वदेशीले प्याराग्लाइडिङ गरेका थिए ।

नेपालमा हाल ७० वटा प्याराग्लाइडिङ कम्पनीहरु संचालनमा रहेका छन् । जसमध्ये ९५ प्रतिशत कम्पनी पोखरा आसपासमा रहेका छन । सन् २०११ मा जम्मा ११ वटा कम्पनी रहेकोमा हाल बढेर ७० पुगेको हो ।

प्याराग्लाइडिङको लागि नेपालीको लागि ८ हजार र विदेशीको लागि भने १२ हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ ।


पुष्प दुलाल