हिमालयन बैंक गल्फ २०१७ को उपाधी धुव्र थापालाई



काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७ रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप्स विधामा संचालन भएका छन् । । ३८ अंकका साथ जीवन लिम्बूले दोश्रो पुरस्कार जिते । आङ्ग नोर्बु शेर्पाले ३२ अंकका साथ बेस्ट ग्रसको उपाधि जिते ।

महिला तर्फ प्रतिमा शेर्पा ३६ अंकका साथ प्रथम भईन भने श्रीमती पवित्रा याक्थुम्बाले ३४ अंक जोडी उनलाई पछ्याईन । सिनियर तर्फको उपाधि कर्नेल शशी विक्रम सिंहले ३७ अंक सहित जिते । उनलाई गौतम सायमीले ३६ अंकका साथ पछ्याएका थिए । सुपर सिनियर तर्फ ३० अंकका साथ मेजर मणीप्रसाद राई प्रथम भए । गेष्ट तर्फको विजेताको उपाधि पृथ्वी मल्लले ३६ अंकका साथ हात पारे । सोही समूहमा कन्चन बस्नेत ३५ अंकका साथ दोश्रो भए ।


पुष्प दुलाल