स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादन सुरु



काठमाडौं । शंकर ग्रुप अन्तरगतको जगदम्बा स्टिल्सले रोलिङ मार्फत टीएमटी छडको उत्पादन सुरु गरेको छ ।

स्टेट अफ आर्ट प्रविधिको प्रयोग मार्फत स्लिट रोलिङ प्रविधिको सहयोगबाट एउटै बिलेटमा दूई वा दूई भन्दा बढी छड उत्पादन गर्न सकिन्छ ।

शंकर गु्रपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादनहरु उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए ।

स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरिय टीएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ अग्रवाले जानकारी दिए । जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ


पुष्प दुलाल