अव देशैभर स्मार्ट लाइन्सेन्स, कागजी अनुमति पत्र वितरणमा प्रतिबन्ध



काठमाडौं । यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै आएको कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ । अवदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ ।

सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्यालयहरुबाट नयाँको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा नविकरणको कार्य बन्द गरिएको विभागले जनाएको छ ।

बुधवार देखि पोखरा र वागलुङबाट स्मार्ट कार्ड वितरण सुरु गरेको विभागले असारभित्र अन्य सबै स्थानबाट वितरण गर्ने र त्यसपछि सबैतिर स्मार्ट कार्डमात्र वितरण गरिने जानकारी दिएको छ ।

पोखरामा मात्र स्मार्ट कार्डको लागि एकै दिन ५ सय आवेदन परेको विभागले जनाएको छ ।


क्लिकमान्डु