ठमेलबासीले यसरी मनाए धान दिवस, सडकमै रोपाँई (फोटोसहित)




काठमाडौं । महानगरपालिकाले रातभर ठमेल खुलाउने घोषणा गरिरहदाँ ठमेल क्षेत्र सडकको भने वेहाल छ । मंगलबार मात्रै गृहमन्त्रालय र महानगरपालिकाले ठमेल लगायत पर्यटकिय क्षेत्रमा २४ सै घन्टा खोल्ने घोषणा गरेका थिए ।

सो घोषणालाई व्याङ्गे गर्दै ठमेलका स्थानीयबासीहरुले असार १५ को धान दिवसको अवसर पारेर सडकमै धान रोपाँइ गरेका छन् ।
विगत ६ महिना यता ठमेल क्षेत्रको सडक भत्कदाँ पानी परे हिलो घाम लागे धुलो हुँदै आएको छ । जसका कारण ठमेल क्षेत्रमा आउने पर्यटकहरुले सास्ति व्यहोर्नु परेको छ ।

स्थानीयले पटक पटक महानगर र सडक विभागमा गुहार गर्दै आएको भएता पनि सडक विभागले महानगर र महानगरले सडक विभागलाई देखाएर पन्छाउने गरेको आरोप स्थानीयके रहेको छ ।


क्लिकमान्डु