अब पोखरामा हर्न बजाउन नपाईने




काठमाडौं । काठमाडौं उपत्यकापछि पोखराको लेखनाथ महानगरपालिकामा पनि हर्न निषेध गरिने भएको छ । लेखनाथ महानगरपालिकामा साउन १ गतेदेखि हर्न निषेध गरिने भएको हो ।

बिहिबार बसेको सर्वपक्षीय बैठकले साउन १ गतेदेखि हर्न निषेध गर्ने नीति लागु गरेको छ । असार महिनालाई नो हर्न नीतिका लागि प्रचारप्रसारको रुपमा प्रयोग गरिने महानगरले जानकारी दिएको छ ।

साउन १ गतेदेखि अनावश्यक हर्न बजाए ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारबाहिको रेकर्ड राखिने छ । दोस्रो पटक कारबाहिमा परे एक हजार रुपैयाँ र तेस्रोपटक एक हजार ५ सय रुपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

एम्बुलेन्स, सुरक्षकर्मी, शवबाहान, दमकललगायतका आकस्मिक सेवाका सवारी साधनलाई हर्न बजाउन छुट छ ।

गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने मोडमा हर्न बजाउन सकिने छ ।


पुष्प दुलाल