स्मार्टफोन ढिलो चार्ज हुन्छ ? यसरी गर्नुहोस् फास्ट चार्ज



काठमाडौं । स्मार्टफोनको प्रयोगले मानिसको जीबन स्मार्ट भएको छ । स्मार्ट फोनमा रहेका स्मार्ट फिचरले मानिसलाई सच्चा स्मार्ट बनाएको छ । स्मार्ट फोनको प्रयोगले मानिसले अफिस, घरको काम, सपिङलगायतका काम स्मार्ट तरिकाले सम्पन्न हुने गरेका छन् ।

स्मार्ट फोन प्रयोगकर्ताको आम समस्या भनेको ब्याट्री नटिक्ने र फोन सुस्त चार्ज हुने हो । प्रयोगकर्ताले फोन चार्ज गर्दा केहि स्मार्ट तरिका अपनाउँदा फोनलाई तीब्र गतिमा चार्ज गर्न सकिछ । साथै, ब्याट्रीको लाइफ पनि बढाउन सकिन्छ ।

अफ गर्ने

फोनलाई तीब्र गतिमा चार्ज गर्ने सबैभन्दा राम्रो उपाय भनेको अफ गरेर चार्चमा राख्ने । फोन अफ गरिएमा फोनको स्टिमबाट हुने ब्याट्री खपत नहुँदा फोन चार्च तीब्र चार्च हुन्छ ।

ब्याट्री सेभिङ मोड

ब्याट्री सेभिङ मोडमा राखेर चार्च गरिएमा फोन छिटो चार्ज हुन्छ । सेभिङ मोडमा राख्दा अनावश्यक सिस्टमले ब्याट्रीको खपत हुनबाट बचत हुन्छ ।

ओरिजिनल चार्जर

फोनलाई सधै ओरिजनल चार्जरबाट चार्ज गर्नु पर्छ । ओरिजनल चार्जको प्रयोगबाट फोनको ब्याट्रीमा कुनै अनावश्यक दबाव हुँदैन र ब्याट्रीको लाईफ लामो समयसँग रहन्छ ।

उचित तापक्रममा चार्ज गर्ने

फोन तातिरहेको अवस्थामा चार्ज नगर्ने । तातोमा चार्ज गर्दा ब्याट्रीमा समस्या आउनेलगायत फोन चार्ज हुने समयपनि बढ्छ ।

कस्टम यूआइएस

इन्टरनल स्टोरेज फुल भएमा फोन स्लो हुन्छ । यस्तो अवस्थामा अनावश्यक एप्स डिलिट गर्नु पर्ने हुन्छ । यसका साथै फोनमा स्टोर गरिएको (फोटो, भिडियो, गीत) लाई मेमोरि कार्डमा सार्नु पर्ने हुन्छ ।

एप्सको क्याज डाटालाई पनि डिलिट गरिएर यस समस्याबाट केहि हदसम्म मुक्त पाउन सकिनेछ ।


पुष्प दुलाल