मलेसियामा १ सय ४ नेपाली पक्राउ



काठमाडौं । गैरकानुनी आप्रवासीविरुद्ध मलेसियाले सुरु गरेको देशव्यापी धरपकड अभियानअन्तर्गत २४ घण्टायता १ हजार ३५ जना पक्राउ परेका छन् । तीमध्ये १ सय ४ जना नेपाली छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार पेराकबाट ९ जना, केलाङ–कापरबाट ५ र जोहोरबारुका विभिन्न स्थानबाट ९० जना नेपाली पक्राउ परेका हुन् ।

मलेसियाली सरकारले गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीका लागि पछिल्लो पटक सञ्चालन गरेको दर्ता कार्यक्रमको समयावधि सकिएको भोलिपल्ट (जुलाई १)देखि नै देशव्यापी धरपकड थालेको हो ।

उक्त अभियान सुरु गरेको २४ घण्टायता प्रमुख सहरहरु जोहोरबारु, पेनाङ, केलान्तान, क्वालालम्पुर, मलक्का, पर्लिस, सारावक, पेराक, केडाह, नेगरी सेम्बीलान, पाहाङ र लाबुवानका विभिन्न स्थानमा छापा मारिएको र उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

 


पुष्प दुलाल