वाइवाइ सिटी भारतमा फैंलिदै



काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तिब्र विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रियबनेको छ ।

क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमाल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएकाविभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंैगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।

वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तत्र्रिmयागर्दै उनले भारतका मुख्य सहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी दिए ।

‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसकाकारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामीदवावमा रहेका छौँ ।’

केही समयअघि भारतको राजधानी नयाँ दिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो ।

दिल्लीका उपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हाल वाइवाइ सिटी भारतको नयाँदिल्ली,नोयडा, पुने र बंगलोर गरि चार सहरमा विस्तार भईसकेको छ ।

वाइवाइ सिटी भारतकाप्रमुखशहरहरुमातिब्र गतिमाविस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए ।
‘हामी सन् २०१७मा एकसयवटा वाइवाइ सिटी स्थापना गर्ने हतारोमा छौँ’, चौधरीले भने,, ‘भारतका सबै ठूला शहरहरुमापहिलो चरणमा वाइवाइ सिटी स्थापनागर्ने हाम्रो लक्ष्यहो ।’

वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धितकरिब दुई दर्जन परिकारहरुको स्वादउपभोक्ताहरुले लिनपाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जानेछन् ।

नेपाली ब्राण्ड वाइवाइअहिले भारतीय नूडल्स बजारमातिब्र गतिमा फैलिइरहेको छ । हालभारतीय नूडल्स बजारमावाइवाइको हिस्सा करिब ३० प्रतिशतपुगेको छ ।

‘भारतीय नूडल्स बजारमाशसक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफलभएको छ । अबहामीवाइवाइलाई अर्को चरणमा पु¥याउने तयारीमा छौँ’, अध्यक्ष चौधरीले भने, ‘नेपालमा जन्मिएका ब्राण्डहरू पनि विश्व ब्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ । यो हामी सबै नेपालीकालागिगौरवको बिषय हो ।’

 


क्लिकमान्डु