आठ करोडको लगानीमा फ्लोर मिल सञ्चालन



दाङ। तुलसीपुर उपमहानगरपालिका–६ टरीगाउँमा आठ करोड रुपैयाँको लागतमा आधुनिक प्रविधियुक्त फ्लोर मिल सञ्चालनमा आएको छ ।

मिलले दैनिक ८० टन गहुँ खपत गर्ने तथा त्यसबाट २८० क्विन्टल पिठो र त्यसको २० प्रतिशत चोकर उत्पादन गर्ने मिलका प्रबन्ध निर्देशक हिमाल बस्नेतले जानकारी दिए।

मिल सञ्चालनका लागि स्थानीय उत्पादनसँगै अन्य जिल्लाबाट समेत गहुँ खरिद गरिने उनले बताए । यहाँको उत्पादन स्थानीय बजार तथा जिल्ला बाहिर पठाइने बस्नेतको भनाइ छ ।


क्लिकमान्डु