एभरेष्ट इन्स्योरेन्सको ६०० प्रतिशत हकप्रद पारित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले ६ सय प्रतिशत हकप्रद सेयर दिने भएको छ । आज शुक्रबार इन्स्योरेन्सको बसेको १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं बार्षिक साधारणसभाले ६ सय प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बाेनस सेयर पनि बाड्ने निर्णय गरेको छ । साथै, कर प्रयोजनका लागि १० लाख ६५ हजार ७ सय ८९ रुपैयाँ नगत लाभाश पनि स्वीकृत गरेको छ ।


पुष्प दुलाल