एलजीको इन्भर्टर टेक्नोलोजी नेपालमा, ७० प्रतिशतसम्म उर्जाको बचत हुने



काठमाडौं। नेपालमा एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका उत्पादनहरु इलेक्ट्रोनिक्स बजारमा ल्याएको छ ।

उर्जा बचतमा निकै सहयोगी हुने बताइएको सो प्रविधिबाट ७० प्रतिशतसम्म उर्जाको बचत गर्न सफल हुने कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो । एलजीले यस्ता उपकरणहरुमा १० बर्षको वारेन्टीसमेत दिएको छ ।

कार्यक्रममा चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चौधरीले उर्जा खपत कम गर्ने नयाँ प्रविधिका उत्पादनहरुलाई नेपाली उपभोक्तामाझ प्रतिस्पर्धी मूल्यमा ल्याइएको भन्दै आम उपभोक्ताको आवश्यकता र मागलाई पूर्ति गर्ने बताए ।

उनले एलजी र सिजीबीचको सम्वन्ध तीन दशक पुरानो भएको र एलजीका नयाँ प्रविधिमा आधारित उत्पादनहरुले उपभोक्ताको जीवनस्तरमा परिवर्तन ल्याएको बताए ।

एलजी सिंगापुरका बिक्री तथा बजारीकरण उपाध्यक्ष चोङ रोवल पार्कले नयाँ प्रविधि र राम्रो सेवाका कारण एलजीले आफ्नो प्रतिष्ठा बनाउन सकेको बताए । उनले दक्षिणपूर्वी मुलुकमध्ये नेपाल सो प्रविधि भित्र्याउने पहिलो मुलुक बनेको जानकारी दिए ।

एलजीले पारिवारिक सन्दर्भमा इन्भर्टर प्रविधिका बारेमा धेरै ज्ञान दिलाउनु आवश्यक रहेको भन्दै यसबाट एलजीले आफ्नो व्यापार बढाउन खोजेको नभई प्रयोगकर्तालाई यस प्रविधिको फाइदाको बारेमा ज्ञान दिलाउन खोजेको दाबी गरेको छ । त्यसका लागि एलजीले खरिद गृह सञ्चालन, सडक कार्यक्रम, प्रदर्शनी, उर्जा संरक्षण अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।

इन्भर्टर प्रविधिमा आधारित उत्पादनहरु रेफ्रिजिरेटर, वासिङ मेशिन, एयर कन्डिशनिङ, माइक्रोवेभ ओभनहरु यस बर्ष बजारमा उपलब्ध गराएको उल्लेख गरेको छ ।


क्लिकमान्डु