तस्बीरमा हेर्नुहोस्, भूकम्प पीडितको हालत



काठमाडौं । विनासकारी भूकम्प गएको २ वर्षभन्दा बढी समय भईसक्यो । सरकार पुर्ननिर्माणको विषयमा अझै स्पष्ट हुन सकेको छैन् । जसले गर्दा भूकम्प पिडितहरुले आवश्यक सरकारी अनुदान समयमा प्राप्त गर्न सकेका छैनन् ।

सरकार पहिलो चरणको अनुदान बितरण गरेर दोस्रो चरणमा अनुदान दिने भनेर भनिरहँदा काठमाडौं शहरबाट करिब ३५ किलोमिटरको नजिकमा रहेको नुवाकोटको लिखु गाउँपालिकाका बासिन्दा भने अनुदानको आशमा दिन टहरामा दिन कटाईरहेका देखिन्छन् ।

६ पटक भन्दा बढी मुलुकको अर्थमन्त्री भईसकेका डा. रामशरण महतको निर्वाचन क्षेत्रमा पर्ने लिखु गाउँपालिकाको भूकम्प पिडित राईहरुको बस्तीमा भने अझै टहराको बास सकिएको छैन् ।

त्यही भूकम्प पिडित बस्तीका टहराहरु आजको फोटो फिचरमा


पुष्प दुलाल