बजाजको नयाँ शोरुम टाँडी र निजगढमा



काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘निशास मोटर्स’ चितवनको टाँडी र ‘नित्यम ट्रेडर्स’ निजगढ बारामा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि थ्रि एस सर्भिस दिन सँधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउनेछ । यसैको माध्यमबाट कम्पनीले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ आशा राखेको छ ।

नयाँ शोरुम शुभारम्भको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनीका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने ‘हामी टाँडी र निजगढमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले टाँडी र निजगढमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।


क्लिकमान्डु