सेयर बजारको लागि के उपहार ल्याउदै छ मौद्रिक नीतिले ?




काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि मौद्रिक नीति आइतबार सार्बजनिक गर्दैछ । अन्य ब्यवसायिक क्षेत्र जस्तै सेयर बजारको लागि पनि मौद्रिक नीति महत्वपूर्ण हुने भएकोले पुँजी बजारको लागि के कस्तो नीतिगत परिवर्तन भयो भनेर चासोको साथ हेरिएको छ ।

आइतबार (आज) सार्बजनिक हुने मौद्रिक नीतिमा सेयर बजारको लागि खासै नयाँ कुनै ब्यवस्था नगरिएको स्रोतले जानकारी दिएको छ ।

पुँजी बजारले बैंकिङ क्षेत्रमा तरलता अभाबको समस्या समाधान गरी ब्याजदर नियन्त्रण गर्ने र सेयर धितो कर्जामा दिइने मार्जिन लेन्डिङ थप सहज बनाउनु पर्ने माग गरेको थियो ।

तर, नीतिमा यस्तो कुनै परिवर्तन भएको र पुरानै ब्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।


क्लिकमान्डु