१६०० अंक छोएर पुनःफर्कियो नेप्से, १ अर्ब माथिको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ट (नेप्से) परिसुचक मा उतारचढाव देखिएको छ । १६ सय अंकसम्म पुगेको नेप्से कारोबार बन्द हुँदा २.०४ अंकले बढेर १५८४.१५ अंकमा अडेको छ ।

आइतबार १ सय ४९ कम्पनीका २६ लाख ८७ हजार कित्ता खरिद बिक्री भएको छ । १ अर्ब १२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ८.१६ र वित्त समूह २.३७ अंकले बढेका छन् ।

होटल समूह २८.१४, विकास बैंक समूह ११.६२, जलविद्युत समूह ८.०७, बीमा समूह २१.१८, उत्पादन मूलक समूह १२.१३ र अन्य समूह १.१६ अंकले घटेका छन् ।
फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ९.९७ प्रतिशत र सेन्र्टल फाइनान्सका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् ।

ओम्मी माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ५.३१ प्रतिशत र मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल