के हामी जर्ज डब्लु बुस जस्तो हुन सक्दैनौं ?



काठमाडौं । सन् १९४० ताका मानिसहरु औसतरुपमा दैनिक ८ घण्टा सुत्थे । तर, अहिलेको आधुनिक युगमा मानिसहरु ६.७ देखि ६.८ घण्टामात्र सुत्न थालेका छन्, क्यालिर्फोनिया बिश्वबिद्यालयमा मनोबिज्ञानका प्राध्यापक म्याट वाल्कर बताउँछन् ।

‘७० बर्षको छोटो समयमा सुताइको अबधिमा भएको यो ठूलो नोक्सान हो,’ उनी भन्छन् ।

बयस्क मानिसहरुका लागि अहिलेको आधुनिक युगमा सुताइ घटाउने धेरै कारक तत्वहरु छन् । चिया र कफिमा पाइने ‘कैफिन’ले मानिसहरुलाई लामो समय जागा राख्छ ।

रक्सीले पनि सुताइलाई खण्डित तुल्याउँछ । र, सपनालाई दबाउँछ । त्यसैले हामीले राम्रो ओछ्यान, धुँवारहित कोठालगायत सुत्ने अवस्थामा धेरै परिर्वतन वा सुधार गरेपनि हाम्रो नियन्त्रित बातावरणले समस्या निम्त्याएका छन्, वाल्कर भन्छन् । ‘सेन्ट्रल हिटिङ’ र ‘एयर कन्डिसन’ तिनै मध्यका हुन् ।

जब सूर्य अस्ताउँछ, तब तापक्रम नाटकिय ढंकले घट्न थाल्छ । र, जब फेरी सूर्य उदाउँछ, तब तापक्रम बिस्तारै बढ्न थाल्छ । हाम्रो शरिरले पनि यस्तै सुन्दर र प्राकृतिक तापक्रमको अपेक्षा गर्छ ।

तर, हामीले आफुलाई प्रकृतिबाट अलग गराएका छौं, जसले हामीलाई कतिखेर सुत्ने भन्ने समयको जानकारी दिनुका साथै सुस्तरी ‘निद्रा देवी’काखमा धकेल्छ ।

निद्रा बिगार्ने अर्को कारण प्रबिधि पनि हो । कृतिम प्रकाशका अलावा एलइडि स्क्रिन, जसले शक्तिशाली निलो प्रकाशको उत्र्सजन गर्छ, ले पनि मानिसहरुको सुताइलाई खण्डित बनाएको छ ।

निलो प्रकाशले शरिरमा ‘मेलाटोेनिन’ नामको हर्मोनको उत्पादनमा बाधा ल्याउँँछ । यो हर्मोनले नै शरिरलाई कतिबेला सुत्ने भन्ने कुराको संकेत गर्छ ।

प्रबिधिले अर्को तरिकाले सुताइलाई ढिलो बनाइरहेको छ । मध्य रातमा हामी सोच्ने, इमेलहरु पठाउने र फेसबुक चलाउनेसम्मको काम गर्न थालेका छौं ।

यसका अलावा थोरै सुत्ने र धेरै काम गर्ने आर्थिक र सामाजिक दबावको पनि ठूलो भूमिका छ । डोनाल्ड ट्रम्प, बाराक ओबामा, नरेन्द्र मोदी जस्ता नेताहरु थोरै सुत्ने र धेरै काम गर्ने नेताका रुपमा चर्चित छन् । यसले समाजमा एकखाले दबावको सृजना गरेको छ ।

तर, के हामी जर्ज बुस जस्तो हुन सक्दैनौं ? जो रातको ९ बजे नै सुत्थे र प्रत्येक रात ९ घण्टा सुत्थे ।

करिब १० हजार अध्ययन अनुसन्धाहरुले ६ घण्टा वा सो भन्दा कम सुतेर पनि शरिरमा कुनै नकारात्मक प्रभाव नपर्ने संभावन शुन्य प्रतिशत छ ।

प्राध्यापक वाकरका अनुसार ७ घण्टाभन्दा कम सुत्ने बित्तिकै शरिरमा नकारात्मक प्रभावहरु देखिन थाल्छन् ।

अहिले बिकसित र बिकासोन्मुक देशहरुमा हाम्रो ज्यान लिइरहेका रोगहरु क्यान्सर, मोटोपन, डायबिटिज, एन्जाइटि, डिप्रेसन र आत्महत्या जस्ता मनोबैज्ञानिक समस्याको सम्बन्ध कतै न कतै कम सुताइसँग सम्बन्धित छ । बीबीसी क्यापिटलबाट


पुष्प दुलाल