डावर नेपालको २५ वर्षः बार्षिक १० अर्बको कारोबार, १ हजारलाई रोजगारी




काठमाडौं । डावर नेपाल आफ्नो सेवा प्रारम्भ गरेको २५ वर्ष पुुरा गरेको छ । नेपालमा डावर नेपालको स्थापना सन् १९८९ मा भएको थियो र व्यापारिक उत्पादन सन् १९९२ बाट शुरु भएको थियो ।

सन् १९८४ मा एसके वर्मनले स्थापना गरेको डावर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित भएको छ ।

डावरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादनहरु केन्द्रहरु छन् । नेपाल सहित विश्वका ७ राष्ट्र युनाइटेड अरव इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, वंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा उत्पादन केन्द्रहरु छन् । डावरका उत्पादनहरु विश्वका १२० राष्ट्रका ६० लाख पसलहरुमा उपलब्ध छन् ।

प्रत्येक्ष रुपमा नेपाली बजारमा १ हजार भन्दा बढी रोजगारी प्रदान गर्ने तथा अप्रत्यक्ष रुपमा २० हजार भन्दा बढी रोजगारी प्रदान गरिरहेको कम्पनीको दाबी छ । सन् १९९२ मा ५३ लाख बार्षिक कारोबार रहेको यस कम्पनीले हाल आएर १०अर्ब भन्दा बढीको बार्षिक कारोबार गरिरहको छ ।

डावरका उत्पादनहरुमा रियल, डावर च्यवनप्रास, डावर रेड टुथपेस्ट, हाजमोला, डावर अमला हेयर आयल, डावर हनी, डावर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिलका साथै अन्य थुप्रै उत्पादनहरु रहेका छन् ।


क्लिकमान्डु