एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ८७ करोड !



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३८ करोड ४५ लाख रुपैयाँ हो । तर, नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले भने एक्सेलको चुक्ता पुँजी ४ अर्ब ८७ करोड रुपैयाँ देखाएको छ ।

नेप्सेमा एक्सेलको ४ करोड ८७ लाख ९५ हजार ८ सय ८७ कित्ता सेयर प्रतिकित्ता एक सय रुपैयाँको दरले सूचिकृत भएको देखाएको छ ।

नेप्सेले गलत तथ्यांक राखेको हुँदा एक्सेलको चुक्ता पुँजी वास्तविकभन्दा अत्याधिक बढी देखिएको हो । जसले गर्दा चुक्ता पुँजी र बजार पुँजीकरणको नै तथ्यांक गलत आएको छ ।

नेप्सेले तथ्यांक अत्यावधिक गर्दा गलत तथ्यांक राख्दा लगानीकर्तालाई भने अन्यौल हुने गरेको छ ।

नेप्सेको वेभसाइडमा यस्तो छ एक्सेलको गलत तथ्यांक

एक्सेलले साधारणसभामा २५ प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी ३८ करोड ४५ लाख पुर्याएको हो ।

यसमा ५० प्रतिशत हकप्रद सेयर दिएपछि ५७ करोड ६८ लाख पुग्ने हो । हकप्रद सेयर भने जारी भएको छैन । हकप्रद सेयर जारी गर्नको लागि एक्सेलले धितोपत्र बोर्डबाट अनुमति पाएको छैन ।


क्लिकमान्डु