९ अंकले बढ्यो नेप्से, ९९ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ९.७९ अंकले बढेको छ । ९.७९ अंकले बढेर नेप्से परिसुचक १५८५.०१ अंकमा अडेको छ ।

मंगलबार नेप्सेमा १ सय ४९ कम्पनीका १९ लाख ३० हजार ७ सय ४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । ९९ करोड ६३ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमुहमा हरियाली छाएको छ । बैंकिङ समुह ७.९५, होटल समूह ३५.२८, विकास बैंक समुह १३.४८, जल विद्युत समुह १५.८, वित्तिय समुह ७.५२, बीमा समूह ६०.७९, उत्पादन मुलक समुह ०.६८ र अन्य समुह २.३१ अंकले बढेका छन् ।

फर्वाड कम्युनीटी माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ९.९८ प्रतिशत र कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६२ प्रतिशतले कमाएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.०९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल