जनरल फाइनान्समा रोजगारीको अवसर



काठमाडौं । जेनरल फाइनान्सले रोजगारीका लागि आवेदन माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजदेखि टेलरसम्म केहि पदका लागि आवेदन माग गरेको हो ।

फाइनान्सले संख्या उल्लेख नगरि ब्रान्च म्यानेजरका लागि आवेदन माग गरेको छ । फाइनान्सले ब्रान्च म्यानेजरका लागि शैक्षिक योग्यता स्नातक उत्र्तीण तोकेको छ । ब्रान्च म्यानेजरका लागि आवेदन दिनेको उमेर ४५ बर्ष कटेको हुनु हुन्न । साथै, ३ बर्षसम्मको वित्तिय क्षेत्रमा अनुभव भएकाले आवदेन सक्नेछन् ।

फाइनान्सले एकाउन्टेन्ट÷टेजरी÷फाइनान्सका लागि पनि रोजगारी माग गरेको छ । सो पदका लागि फाइनान्सले सिए तथ सेमि सिए उत्र्तीणले आवेदन दिन सक्ने जनाएको छ । आवेदकको उमेर ४५ बर्ष कटेको हुनु हुन्न । साथै, सएि २ वर्ष र सेमि सिएका लागि ३ बर्षसम्मको वित्तिय क्षेत्रमा अनुभव हुन आवश्यक छ ।

फाइनान्सले सिएसडी, टेलरका लागि पनि रोजगारी खुलाएको छ । फाइनान्सले प्लस टु पासले आवेदन दिन सक्ने जनाएको । आवेदकको उमेर ३० बर्षमाथिको हुनु हुन्न ।

आवेदकले साउन ११ गते भित्रमा फाइनान्सको प्रमुख कार्यालय चाबहिल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल