नेपाली हवाई आकास कालोसूचीबाट हट्ला ?



काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को टोली ४ वर्षपछि नेपालको हवाई क्षेत्रको अडिट गरेको छ ।

आइकाओको टोलीले हवाई क्षेत्रको नियमक निकाय नागरिक उड्डयन प्राधिकरणसहित राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरेको हो । एकसाता लामो अडिट सम्पन्न गरी आइकाओको टोली आज फर्कदै छ ।

नेपालकै आग्रहमा आइकाओको टोली गत असार २० नेपाल आएको थियो । टोलीले एकसाता असार २७ मंगलबारसम्म अडिट गरेको हो । आइकाओले टोलीले एक महिना भित्र नेपाललाई ‘सिग्निफिकान्ट ‘सेफ्टी कन्सर्न’ (एसएससी) सूचीबाट हट्ने वा यथावत रहने जानकारी गराउने भएको छ । अडिटको टोलीमा आइकाओका क्याप्टेन (पाइलट) भोउड्री युजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड नेपाल आएका थिए ।

टोलीले हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण सहित चार वटा अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका एयरलाइन्सको अडिट गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

टोली राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सको अडिट गरेको हो ।

‘टोलीले आइकाओको मुल्यांकन समितिलाई रिपोर्ट दिने र सोही अनुसार निर्णय एक महिना भित्र आउने छ,’ लामिछानेले भने, ‘विगत चार वर्ष देखि आइकाओले नेपाली हवाई क्षेत्रलाई एसएससी सूचीमा राखेको छ , अडिटमा आउनुनै सकारात्मक भएकोले एसएससी सूचीबाट नेपाललाई हटाउनेमा हामी आशावादी छौ,’  लामिछानेले भने ।

एसएससी हट्यो भने नेपालले युरोपेली आयोगलाई ‘हवाई सुरक्षा सूची’ बाट नेपाललाई हटाउन आग्रह गर्ने छ । एसएससीबाट हटाउने वा राखिने भन्ने कुरा अडिटरहरुको हातमा रहेको छ । आइकाओ ले विश्वभरका मापनगर्ने ८ वटा सूचांकमा नेपाल पनि पुग्न लागेको दावी नेपालले गरेको छ ।

यसअघि सन् २००९ मा नेपालको अडिट गर्न आइकाओको टाली नेपाल आएको थियो । उनीहरुले दिएको ८ वटा सुझाव दिदै तत्काल सुधार गर्नको नागरिक उड्डयन प्राधिकरणलाई आइकाओले चेतावानी दिएको थियो । सोही अडिटलाई आधार मान्दै सन् २०१२ अक्टोवर २३ मा तत्कालिन प्राधिकरणका महानिर्देशकलाई पत्र लेख्दै आइकाओले औल्याएका कमजोरीको बारेमा सुधार कति भइरहेको छ भन्ने प्रश्न सोधेको थियो ।

आइकाओको टोली सन् २००९ कै अडिटको ‘फलोअप’ भन्दै सन् २०१३ को जुलाईमा नेपाल आएको थियो । अघिल्लो पटकको अडिटमा सुधारका लागि दिइएको सुझाव कार्यन्वयन नभएको भन्दै नेपाललाई सन् २०१३ पछि आइकाओको एसएससी लिस्टमा राखेको थियो ।


क्लिकमान्डु