ग्लुकोज मात्रा पत्ता लगाउने पहिलो मोबाईल फोन ‘ओटो चेकर’ बजारमा



काठमाडौं । ओटो मोबाइलको नेपालका लागि आधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टलले बुधवार एक कार्यक्रमका बिच आटो चेकर मोबाइल फोन सार्वजनिक गरेको हो । दक्षिण एशियाली बजारमा नै पहिलो पटक ‘ओटो चेकर: तपाईको केयरटेकर/संरक्षक’ नाराका साथ सार्वजनिक गरिएको सो फोनले सहजरुपमा ग्लुकोज जाँच्न सकिने कम्पनीले जानकारी दिएको छ ।

ओटो चेकर ओटो फोन अन्तर्गतको पहिलो यस्तो नयाँ प्रकारको फोन भएको कम्पनीको भनाई छ । बायोल्यान्ड टेक्नोलोजिद्धारा सहनिर्माण गरिएको र यसमा रहेको बिशेष डिजाईनमा बनेको ग्लुको मिटरले शरिरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मदत गर्दछ,। यो संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी संघद्धारा प्रमाणित गरिएको बताईएको छ । बायोल्यान्डद्धारा निर्मित सो बिशेष किट ओटो चेकरमा उपलब्ध रहेको र ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधिको बारेमा जानकारी दिइएको छ ।

यसमा रहेको पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाईलामा पार ग¥यो भन्ने जानकारी गराउन मदत गर्दछ ।

यसमा फेसबुक चलाउने उपभोक्ताहरुलाई लक्षित गरी डेडिकेटेड फेसबुक एपलिकेशन राखिएको छ भने रेडियो र संगीत प्रेमिहरुका लागि यस मोबाइलले थप डेडिकेटेड के/पाओर एम्प्लीफायर चिपसेट राखेको छ ।

कम्पनीले सो फोनका साथमा ग्लूकोज जाँच्नका लागि ५ वटा ग्लूकोज टेष्ट स्ट्राइप निशुल्क उपलब्ध गराउने र थप ग्लूकोज टेष्ट स्ट्राइप आवश्यक परेमा ५० वटा ग्लूकोज टेष्ट स्ट्राइप १ हजार रुपैयाँमा किन्न सकिने जानकारी दिएको छ ।

कम्पनीले बजारमा यो फिचर फोनको मूल्य ३,४९६ रुपैयाँ तोकेको छ ।


क्लिकमान्डु