एक कम्पनी जहाँ हाकिम मात्र होइन, मजदुर पनि करोडपति छन्



काठमाडौं । भारतको गुजरातमा रहेको एक कम्पनीमा काम गर्ने हाकिम मात्र नभएर सामान्य मजदुर कर्मचारीपनि करोडपति बनेका छन् ।

गुजरातको अहमदावादमा रहेको रविराज फोइल्स लिमिटेड कम्पनीमा सबै कर्मचारीको खातामा करोड रुपैयाँभन्दा बढी रकम छ ।

रविराज फोइल्स लिमिटेडले कारखाना स्थापना गर्नको लागि जमिनको अधिग्रहण गरेको थियो । कम्पनीका अनुसार जसको जग्गा अधिग्रहण भएको थियो ती व्यक्तिलाई कारखानमा रोजगारी दिइएको थियो ।

जमिन अधिग्रहणको मुआब्जाबाट गाउँमा बस्नेले करोडौ रकम पाएका थिए । कम्पनीमा रोजगारीपनि । कम्पनीले योग्यताको आधारमा सुपरभाइजर,सेक्युरिटी गार्ड,फोन म्यान,मजदुरमा नोकरी दिएको थियो ।

यो कारखानमा ३ सय कर्मचारी काम गर्छन् । जसमा डेढ सय कर्मचारीको खातामा करोडभन्दा बढी छ ।

कम्पनीलाई चाहिने जमिन गुजरात सरकारले अधिग्रहण गरेको थियो । जसको लागि २ हजार करोड भारतीय रुपैयाँ भुक्तानी गर्नु परेको थियो । रविराज फोइल्सका प्रवन्ध निर्देशक जयदीपसिंह बाघेलाका अनुसार यो क्षेत्रमा बस्नेको आम्दानीको अरु स्रोत रहेको छैन । कम्पनीले आफ्नो बाचा अनुसार जुन व्यक्तिको जमिन लिइएको थियो तिनीहरुलाई रोजगारी दिएको छ ।

कम्पनीमा मेशिन अपरेटरमा जागिर खाने धर्मेन्द्र सि)ह बाघेलको महिनाको तलब १५ हजार भारु हो । तर, उनको खातामा २ करोड भारतीय रुपैयाँ छ ।

यस्तै जगदीश राठोर स्टोर असिस्टेन्सको जागिर खान्छन् । उनले महिनामा १२ हजार कमाउँछन् । उनको खातामा डेढ करोड रुपैयाँ छ ।

यस्तै स्टोरकिपर नरेन्द्रसिह बराडको तलब ११ हजार छ । उनको खातामा ४ करोड भारतीय रुपैयाँ छ । कम्पनी सन् २०१३ देखि स्थापना भएको हो । ऐजेन्सी


क्लिकमान्डु