४ खर्ब लगानीमा रामदेवले सुरु गरे सुरक्षागार्ड व्यवसाय




भारतीय योगगुरु बाबा रामदेवले ४ खर्ब भारुको लागानीमा सुरक्षगार्ड व्यवसाय गर्ने भएका छन् । फास्ट मूभिङ कञ्जुमर गूड्स (एफएमसीजी)को सफलतासँगै नयाँ व्यवसाय ‘सुरक्षागार्ड’ मा हात हालेका हुन् ।

रामदेवले नयाँ व्यवसाय ‘पराक्रम सुरक्ष प्राइभेट लिमिटेड’को औपचारी उद्घाटन गरिसकेको उनले आफ्नो टुइटर मार्फत जानकारी दिएका छन् ।

सुरक्षागार्डका लागि रामदेवको कम्पनीले सेवानिवृत्त सेना र प्रहरीलाई मात्रै नियुक्ती गर्ने बाबाका सहयोगीले जानकारी दिएका छन् ।

पहिलो ब्याचका एक सय सुरक्षाकर्मीलाई विगत एक महिनादेखि तालिममा छन् । कम्पनीले सन् २०१७ को अन्त्यसम्म भारतभरि शाखा खोल्ने योजना राखेको छ ।

विगत केहि वर्षदेखि भारतमा निजी सुरक्ष व्यवसाय तीव्र गतिले बढिरहेको छ । भारतीय वाणिज्य एवं उद्योग महासंघ (पिक्की)को रिर्पोट अनुसार भारतको निजी सुरक्षा व्यवसायको आकार ४ खर्ब भारु बराबरको छ । सन् २०२० सम्ममा यसको आकार बढेर ८ खर्ब भारु पुग्ने पिक्कीले अनुमान गरेको छ ।

रामदेको पराक्रम सुरक्षा प्राइभेट लिमिटेडले निजी सुरक्षागार्डका साथै, कर्पोरेट, अफिस, शपिङ महलको पनि सुरक्षामा आउने छन् ।


पुष्प दुलाल