विदेशी संयुक्त लगानीमा जीबन बीमा कम्पनी खोल्ने चौधरी समूहको तयारी



काठमाडौं । नेपालको ठूलो व्यापारिक घराना चौधरी समहूले जीबन बीमा कम्पनी खोल्ने भएको छ । आफ्नै लगानीमा नयाँ कम्पनी खोल्न नपाएपछि चौधरी समूहले विदेशी संयुक्त लगानीमा बीमा कम्पनी खोल्ने गृहकार्य थालेको हो ।

चौधरी समूहले केही समयअघि भारतको एसबिआइ लाइफ इन्स्योरेनस कम्पनीसँग संयुक्त लगानीका लागि कुरा गरेको थियो ।

सुरुमा चासो देखाएको एसबिआइले पछिल्ला दिनहरुमा खासै चासो नदेखाएपछि थाइल्याण्डको कम्पनीसँग कुरा भइरहेको चौधरी समूहका एक उच्च अधिकरीले बताए ।

थाइल्याण्डको मुङ्ग थाइलाइफ इन्स्योरेन्स पब्लिक कम्पनी लिमिटेडका डेपुटी एक्जुकेटिव भाइस प्रेसिडेन्ट निराट बुचास्कु नेपाल आएका थिए । उनले चौधरी समुहका उच्च अधिकारीहरुसँग संयुक्त लगानीमा नेपाल आउन खोजेको बताएका थिए ।

‘सबै क्षेत्रमा ब्यवसाय गरिरहेको चौधरी समूहले जीबन बीमा कम्पनीमा प्रबेस गर्न पाएन । त्यसपछि चौधरी समूहका अध्यक्ष बिनोद चौधरी विदेशी संयुक्त लगानीमा नेपालमा जीबन बीमा कम्पनी सञ्चालन गर्नु अग्रसर हुनुभएको हो,’ स्रोतले भन्यो ।

‘थाइल्याण्डको जीबन बीमा कम्पनीसँग संयुक्त लगानीमा नेपालमा जीबन बीम कम्पनी सञ्चालन गर्ने कुराकानी भइहरहेको छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने, ‘उहाँहरुले केही दिनभित्रै पत्राचार गर्छौं भन्नुभएको छ, त्यसबेलासम्म के हुन्छ भनेर यसै भन्न सकिँदैन ।’

चौधरी समूहसँग अन्य बिजनेश डिलका शिलशिलामा थाइल्याण्डमा जिबन बीमा सञ्चालन गरिरहेका लगानीकर्ताहरु केही दिनअघि नेपाल आएका थियो । स्रोतका अनुसार उक्त छलफलमा संयुक्त लगानीमा जीबन बीमा कम्पनी सञ्चालन गर्ने विषयमा पनि कुरा भएको र थाइल्याण्डका लगानीकर्ताहरुले चासो देखाएका थिए ।

अहिले जीबन बीमा कम्पनी सञ्चालन गर्न २ अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ । चौधरी समूहले २० देखि २५ प्रतिशतसम्म लगानी गर्नेगरी प्रारम्भिक छलफल भएको स्रोतले जानकारी दियो ।

किन विदेशी संयुक्त लगानी ?

केही समयअघि सरकारले १० वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । चौधरी समूहले पनि नयाँ जीबन बीमा कम्पनीको लाइसेन्स लिन चासो देखायो ।

तर, बीमा समितिले ०६४ सालअघि आवेदन दिएकाहरुलाई मात्रै अहिले लाइसेन्स दिने र नयाँ प्रस्ताब स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि टुंगो नभएको जवाफ दियो ।

त्यसपछि चौधरी समूहले ०६४ मै लाइसेन्सका लागि आवेदन दिने बीमा कम्पनीको प्रमोटर सेयर किन्न चासो देखायो । तर, सुरुमा आवेदन दिँदा जसको नाम छ त्यो परिवर्तन गर्न नपाइने बीमा समितिको नियमका कारण चौधरी समूह ब्याक हुनुपर्यो ।

‘सबै क्षेत्रमा ब्यवसाय गरिरहेको चौधरी समूहले जीबन बीमा कम्पनीमा प्रबेस गर्न पाएन । त्यसपछि चौधरी समूहका अध्यक्ष बिनोद चौधरी विदेशी संयुक्त लगानीमा नेपालमा जीबन बीमा कम्पनी सञ्चालन गर्नु अग्रसर हुनुभएको हो,’ स्रोतले भन्यो ।

वित्तीय क्षेत्रमा चौधरी समूहले नबिल बैंक, नबिल इन्भेष्टमेन्ट, निर्जीबन बीमाको कारोबार गर्ने युनाइडेड इन्स्योरेन्समा ठूलो लगानी छ ।


पुष्प दुलाल