अब काठमाडौं महानगरमा हचुवाको भरमा विकास नगरिने



काठमाडौं । काठमाडौं महानगरपालिकामा हचुवाको भरमा गरिने विकासका योजना कार्यन्वयन नगर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा महानगरले हचुवाको भरमा गरिने विकास निर्माणको काम अन्त्य गर्ने जनाएको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले हचुवको भरमा हुने विकासका कामले महानगरमा दिगो विकास संभव नहुने बताए ।

विकास निर्माणको कार्यक्रमलाई दिगो बनाउनका लागि २० वर्षे योजना तयार परिने छ । साथै, वृहत्तर योजना बमोजिम ५ बर्षे आवधिक योजनासमेत निर्माण गर्ने महानगरको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरले विकासका योजनाहरु तयार गर्न तथा कार्यान्वयन गराउनका लागि लागि शहरी विज्ञहरु सम्मिलित महानगर सहरी योजना आयोग गठन गर्नेे जनाएको छ ।


पुष्प दुलाल