लागू नहुँने भयो क्लिन फिड, भारतीय टेलिभिजन हेर्न पाइने



काठमाडौं । सूचना तथा संचार मन्त्रालयले साउन १ देखि लागू गर्ने भनिएको क्लिन फिड तत्कालको लागि स्थगित गरेको छ ।

मन्त्रालयले शुक्रवार राती सूचना जारी गर्दै क्लिन फिड नीति लागू नहुँने जनाएको हो ।

क्लिन फिड लागू भएपछि नेपालमा केवल र डिटिएच प्रणाली मार्फत प्रशारण हुने विदेशी टेलिभिजनहरु विज्ञापन बिना प्रशारण गर्नुपर्ने थियो ।

मन्त्रालयले जारी गरेको सूचनामा डाउनलिङ्क अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण मिति साउन १ देखि १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने भनेकोमा मन्त्रालयबाट नीतिमा उल्लेखित कतिपय कार्यहरु सम्पादन गर्न बाँकी रहेकोले तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।


क्लिकमान्डु