भारतिय चर्चित गायक कुमार सानुले गरे चन्द्रागिरी केबलकारको भ्रमण



काठमाडौं । भारतका चर्चित गायककुमार सानुले आज चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममाभालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरे ।

कन्र्सटका लागि नेपालआएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

सानुले चन्द्रागिरि भ्रमण बारे प्रतिक्रियादिदै स्वच्छ वातावरण तथाहिमालको काखमाआउनपाउँदा धेरै खुशीभएको बताउनुभयो । साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए ।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतकापूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।


पुष्प दुलाल