नेशनल लाइफका लगानीकर्तालाई २५ प्रतिशत बोनस र ६० प्रतिशत हकप्रदको अफर



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र बोनस सेयर जारी गरेपछि ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको छ ।

बोनस र हकप्रदपछि चुक्ता पुँजी २ अर्ब पुग्ने कम्पनीका सचिव सुरेश खत्रीले बताए ।

कम्पनीले साउन २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभाबाट संचालक समितिको पनि चयन गर्ने छ । जीवन बीमा कम्पनीले २ अर्ब चुक्ता पुँजी पुर्याउनुपर्ने छ ।


क्लिकमान्डु