टि भि एसको नयाँ शोरुम भैरहबामा



काठमाडौं । नेपालका लागि टि भि एस् मोटर कम्पनीको एकल वितरक जगदम्बा मोटर्सले भैरहवामा अत्याधुनिक शोरुम जगदम्बा अटो ग्रुपको यहि साउन १ गतेबाट संचालन मा ल्याएको छ ।

सो सोरुममा नेपालमा विक्री थालनी गरिएको टि भि एसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सि सि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध भएको कम्पनिले जानकारी दियो।

सोरुमको संचालनसंगै टि भि एस मोटर कम्पनिले नेपालभरी आफ्नो अत्याधुनिक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न आटेको छ र यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्नेछ ।

सो अवसरमा जगदम्बा मोटोर्स प्रा. लि. का उपाध्यक्ष दिपक अग्रवालले देश भरि एकै छानामुनि सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा साउन १ गतेदेखि ३ गतेसम्म कुनै पनि बाईक तथा स्कुटरको खरिदमा नगद १०,००० रुपैयाँ छुट हुने बताए ।

ग्राहकलार्इ सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्स साथे बाइकको एक्सचेन्ज पनि हामि राम्रो भ्यालुएसन दिने उनले बताए ।

उद्घाटनको अवसरमा २९ वटा बाइक र ७ वटा स्कुटर बिक्रि भएको जानकारी जगदम्बा अटो भैरहवा शोरुम प्रमुख अशोक गौतमले जानकारी दिए ।


क्लिकमान्डु