हनुमानढोकामा एक दिन फिल्म सुटिङ गर्न २० हजार तिर्नुपर्ने



काठमाडौं । बसन्तपुर दरबार स्क्वायर परिषर अर्थात् हनुमान ढोका परिषरमा फिल्म तथा म्युजिक भिडियो खिच्ने सोचमा हुनुहुहुन्छ ? त्यसो हो भने तपाईंको लागत बढ्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रमा फिल्म तथा म्युजिक भिडियो खिच्दा कर उठाउने भएको छ ।

महानगरले ३ दिनअघि पारित गरेको आर्थिक ऐनमा हनुमानढोका परिषरमा नेपाली फिम् सुटिङ गर्दा महानगरलाई २० हजार रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी, म्युजिक भिडियो खिच्दा भने ५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

सार्कबाहेकका विदेशी मुलुकले भने हनुमानढोकामा एक दिन फिल्म सुटिङ गरेको ५५ हजार रुपैयाँ तिर्नुपर्ने छ । सार्क राष्ट्रहरुलाई भने विषेश छुट दिइएको छ । सार्कका लागि भने ३५ हजार रुपैयाँ मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ ।

मातृ भाषमा बनाइएका फिल्म सुटिङ गर्दा भने २० हजार रुपैयाँको १० प्रतिशत मात्रै कर तिर्नुपर्ने महानगरले जनाएको छ ।


पुष्प दुलाल