गोर्खाज फाइनान्सको सेयर लिलामी साउन १० बाट



काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीले हकप्रदमा बिक्री नभएको सेयर यहि साउन १० गतेबाट लिलाम बिक्री गर्ने भएको छ ।

फाइनान्सको ठुलो परिमाण संस्थापक सेण्र लिलामी हुनलागेको छ । हकप्रद अबेदन नपरेको संस्थापक सेयर ९ लाख ७ सय ९३ कित्ता र सर्बसाधारण समूहको १ लाख ५४ हजार ३ सय ९६ कित्ता सेयर लिलामी हुन लागेको हो ।

इच्छुक लगानीकर्ताले एनआइविबएल क्यापिटलबाट १०० रुपैयाँ तिरी आबेदन फारम लिन सक्ने छन् । आफुले कबुलगर्न चाहेको सेयर संख्या र खरिद गर्न चाहेको मुल्य खुलाई गोप्य शिलबन्दी गरी बुझाउनु पर्ने छ ।

आबेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ ।


क्लिकमान्डु