साउनको रंगले रंगियो नेप्से, ३४ अंकले बढ्दा सवा १ अर्बको कारोबार




काठमाडौं । मंगलबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचकमा सवा एक अर्बको कारोबार भएको छ । ३४.२६ अंकले बढेको नेप्सेमा १ अर्ब २१ करोड १७ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा १ सय ५५ कम्पनीका १९ लाख ३५ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

नेप्सेका सबै उपसमूहमा साउन महिना झैं हरियाली छाएको छ । बैंकिङ समूह २७.२५, होटल समूह ६१.५२, विकास बैंक समूह २५.२, जलविद्युत समूह ३८.९९, वित्तीय समूह ५.९५, बीमा समूह ४१९.६३, उत्पादन मुलक समूह २०.७२ र अन्य समूह ०.५८ अंकले बढेको छ ।

नेपाल लाईफ इन्स्योरेन्सको सेयर आज सबैभन्दा धेरै कारोबार भएको छ । इन्स्योरेन्सको सेयर ९ करोड २९ लाख रुपैयाँको खरिद बिक्री भएका छन् ।

आज कमाउने लगानीकर्ताहरुमा हिमालयन डिस्ट्रिलेरी, एनबि इन्स्योरेन्स, कुवेर मर्चेन्ट फाइनान्स, राष्ट्रिय बीमा कम्पनी, प्रोगेशिप फाइनान्सका लगानीकर्ताले ९ प्रतिशतभन्दा धेरैले कमाएका छन् ।

ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८५ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल